नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न पाउने भएका छन् ।तपाइले वाउटाइम (wow time) एप्स मोबाइलमा डाउनलोड गर्नु पर्छ,उक्त play-store बाट डाउनलोड गर्न सकिन्छ । उक्त एप्स सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सञ्चालनमा आएको हो । उक्त एप्समार्फत लाइभ टीभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।एप्स मोबाइलमा डाउनलोड गर्न यो लिंकमा जानुहोला https://play.google.com/store/apps/detailsid=com.osolutions.ntctv&hl=en
Please follow my blog.
please like,comment & share.
Please follow my blog.
please like,comment & share.